कपिलबस्तु मंसीर २० सुरेश कुमार पांण्डेय कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई निशुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन शुद्धोधन गाउँपालिका वडा नं. ६ ले सक्रियता लिएको हो । शुद्धोधन गाउँपालिका वडा नं. ६ ले ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रममा कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरेको हो । बिभिन्न मौसमि तथा व्यमौसमी तरकारी बालीका बिउ तथा यो सिजनमा हुने तरकारी का बिउ बितरण गरि रहेको छ । वडा नं. ६ भित्र रहेका १५ गाउका ३० स्थानिय कृषकलाई कृषि सम्बन्धी तालिम दिई बीउ वितरण गरिएको शुद्धोधन गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश चौधरीले जानकारी गराउनु भएको छ । निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम गरी बीउ वितरण गरिएको वडाध्यक्ष बिजय बहादुर यादव बताउनु भएको छ । शुद्धोधन गाउँपालिकाका किसानले वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि लाभान्विन भएका छन् । किसानलाई आवश्यक पर्ने विउ उत्पादन, प्रसोधन र वितरण भएपछि किसानले लाभ लिएका हुन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।