Rashtriya Dainik

जयपृथ्वी नगरपालिकामा स्थानीयको उपस्थिति बिना नै सार्वजनिक सुनवाइ

दोरेन्द्र खड्का / बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीयको उपस्थिति बिना नै गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु मात्र सहभागी थिए । सोमबार नगरपालिकाको सभाहलमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही भन्दा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थिति बढि थियो ।
स्थानीय तहको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दा सहभागीमध्ये कम्तिमा ५१ प्रतिशत स्थानीय सेवाग्राहीको उपस्थिति हुनुपर्ने व्यवस्था छ । स्थानीय तह सार्वजनिक सुनुवाइ निर्देशिका २०६७ मा भएको व्यवस्था विपरित नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । दश प्रतिशत पनि सेवाग्राहीको उपस्थिति देखिएन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित