महेश सिंह सिरहा लहान ९ श्रावण – २०७४ को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडीको सरकारले १०० सयौं करारका कर्मचारी भर्ना गरेका थिए।
२०७९ को निर्वाचन पस्चात लहानका मेयर महेश प्रसाद चौधरीले अनावश्यक करारका कर्मचारीहरुलाई हटाउदा पुनः काममा फर्काउन करार का कर्मचारीहरुले नगरपालिका विरुद्ध धारणामा बसेका छन्।
भर्ना गरिएको करार कर्मचारीमा विभिन्न बर्ग समुदायको ब्यक्तीहरु पर्ने रहेका छन्।कामबाट नगरपालिकाले कर्मचारीहरुलाई हटाउदाँ परिवारमा थप पिडा र चिन्ता थपिएका छन्।ज्याला मजदुरीमा काम गर्ने मजदुरहरुलाई घर परिवार चलाउन र हात मुख जोड्न सम्स्या रहेका छन्। कर्मचारीलाई हटाउदाँ निकै दुखी भएका छन्।
हटाएका कर्मचारीहरुका अनुसार आफुलाई पुनः काजमा फर्काएकान्न भने हामी चरण बध आन्दोलनमा जाने निर्णय गरेका छन्। पीडित संघर्ष समिती गठन गरेका हामी निरन्तर आन्दोलनमा रहने बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

