महेश सिंह सिरहा लहान ८ श्रावण – लहानका मेयर महेश प्रसाद चौधरीले धार्मिक प्रमपरा अनुसार आइतबार जिम खानाको उदघाटन गरेका छन्।शारीरिक रुपले स्वस्थ रहन लहानमा २० लाखको लागतमा जिम खाना संचालनमा आएका छन्।
विभिन्न रोगको सिकार बन्न बाट जोगिन लहान बासीका लागी नगरपालिकाले पशुपति आदर्श उच्च माध्यमिक बिधालयको सभा हलमा जिम खाना संचालन गरेका छन्।उदघाटन कार्यक्रममा मेयर महेश प्रसाद चौधरीले रिवन काटेर उदघाटन गरेका हुन्।
उदघाटन कार्यक्रममा लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतो,लहान ७ अध्यक्ष राम औतार शर्मा नेपाल पत्रकार महासंघ सिरहा सखाका सभापति मनोज बनैता,पशुपति आदर्श उच्च माध्यमिक बिधालयका प्रधान अध्यापक डा.महेन्द्र प्रसाद चौधरी लगायत दर्जनौं मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो।
लहानका हरेक बर्ग समुदायका ब्यक्तीहरुले शारीरिक रुपमा ब्यामको लाभ लियोस र हरेक ब्यक्ती शारीरिक रुपले स्वास्थ रहुन भने उदेश्यले जिम खाना संचालनमा ल्याएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

