Rashtriya Dainik

नगर उपप्रमुख चौधरीद्वारा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको उद्घाटन

अजय मिश्र, कृष्णनगर, साउन ८

कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिका की नगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको छ l

महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको छ l

कार्यक्रममा बोल्दै समाजसेवी भरत किशोर चौधरीले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको पहिचान गराउन सफल रहने शुभकामना दिदै सबैलाई उक्त मेला अवलोकन गर्न आग्रह गर्दै मेलाको सफलताको शुभकामना दिए l

उद्घाटन कार्यक्रममा बोल्दै वडा नं २ का वडा सदस्य राहुल मोदनवालले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगर लाई भव्य र सभ्य रूपमा मनाउन सबैको साथ चाहिने बताए l

प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरमा विभिन्न सांस्कृतिक प्रोग्राम हरू गर्न विभिन्न कलाकार हरू आउने तथा झुला लगायत रहने र सबैलाई मेला अवलोकन गर्न आयोजकले आग्रह गर्दै मेला लगभग एक महिना चल्ने जानकारी गराइएको छ l
उद्घाटन कार्यक्रममा प्रहरी, पत्रकार, जन प्रतिनिधि, समाजसेवी, कलाकार लगायत दर्शकहरुको उपस्थित रहेको थियो l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित