Rashtriya Dainik

लुम्बिनी नल जल उपभोक्ताको साधारण सभा तथा अधिबेशन

तुलसीराम पौडेल
शुद्दोधन , श्रावण ७
रुपन्देही स्थित लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समन्वय समिति मानपकडिको ३० औ साधारण सभा तथा अधिबेशन सम्पन्न भयो ।शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले सो साधारण सभा तथा अधिबेशन उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले किसानको सुविधाको लागि यस सस्थाले ल्याएका कार्यक्रमहरुलाई गाउँपालिकाको तर्फबाठ सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्पन्न साधारण सभा तथा अधिबेशनले पुनः नवलराज भट्टराईको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।जसको उपाध्यक्षमा दामोदर पौडेल ,सचीव रमेश चन्द मिश्र ,सह सचिव बाबुराम तिवारी ,कोषाध्यक्ष प्रेमनारायण घिमिरे सर्वसम्मत चयन हुनुभएको छ।त्यसै गरी सदस्यहरुमा शोभा थारू ,ममता थारु,माया चौधरी ,टिकाराम रानाभाट ,बासुदेव प्रसाद यादव ,चन्द्रदत्त पौडेल र क्षेत्रीय प्रतिनिधिमा रेशमलाल उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
नवलराज भट्टराईको अध्यक्षता एवं अध्यक्षबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, रेशमलाल उपाध्यायको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन जितबहादुर चौधरीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित