कृष्णा यादव / वीरगंज ७ श्रावण
जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो मात्रामा अवैध लागु अौषध सहित एक जनालई पक्राउ गरेको छ।
प्रहरीले विशेष सुचनाको अाधारमा अपराध अनुसन्धान शाखाका प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा खटिएको टोलीले भारतिय नम्बर BRO7Y8201 नम्बरको सुजुकी मारुती कारलाई रोकी चेकजाँच गर्दा कारको सिटमुनी फल्स बटम बनाई कागजले वेरी राखिएको अवस्थामा लागुअौषध फेनारगन ८८६ एम्पुल , डाईजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरि जम्मा ३०१९ पी र नाईट्रभेट १७८५ ट्याब्लेट सहित भारतिय कारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्वर १० का बर्ष ३१ को अनिल कुमारलाई पक्राउ गरि लागु अौषध सम्बन्धि कसूर अनुसन्धान अगाडि बढाएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

