राजन कुमार बानिया / पर्सा ६ साउन
पर्सा जिल्लाको छिपहरमाइ गाउँपालिकाको १४औ गाउँ सभा आर्थिक बर्ष ०७९/ ०८० को नीति तथा कार्यक्रममा ४८ करोड १९ लाख ६४ हजार बराबरको अनुमानित बजेट गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत शम्भु प्रसाद गुप्ताले प्रस्तुत गर्नु भएको थियो ।छिपहरमाई गाउँपालिका को १४ औ गाउँ सभाको उदघाटन गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले एक कार्यक्रमको बिच उद्घाटन गर्नु भएको थियो । गाउँपालिकाको सभा हलमा भएको गाउँ सभाबाट ०७९/०८०को बजेटमा बिषेश प्राथमिकता शिक्षा , स्वास्थ्य, कृषि लगायत भौतिक पुर्वधार बिकासको योजना रहेको गापा अध्यक्ष गुप्ताले जनाउनु भएको हो। प्रतेक वार्डहरुमा वार्ड र गाउँपालिकामा बराबर बिकास निर्माण र अन्य कामको रकम बिन्योजन गरिएको छ। समाजिक सुरक्षा स्वास्थ्य, शिक्षा, कृषि लगायत भौतिक पुर्वधार बिकास लाई विशेष प्राथमिकता मा रहेको अध्यक्ष गुप्ता ले बताए । स्वास्थ्य, शिक्षा, कषि, पोषण, बाल संरक्षण तथा सरसफाइ विपदजोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आऊने अनुमानित बजेट जम्मा ४८ करोड १९ लाख ६४ हजारको अनुमानित बजेट पारित गरिएको थियो। बिनियोजन बजेट भएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा सम्पन भएको थियो।कार्यक्रममा गाउँपालिका , उपाध्यक्ष लिलावती देवी कानु, गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत शम्भु प्रसाद साह, बिषेश प्रतिनिधि किशोरी साह कानु वडा अध्यक्ष कामेश्वर प्रसाद यादव, महेन्द्र प्रसाद कलवार, दिपेन्द्र सिंह, रामेश्वर महतो केवट, मौजिलाल साह कानु लगायत कार्यपालिका सदस्य र गाउँपालिकाको समपुर्ण गाउँ सभा महिला ,पुरुष सदस्य सहभागिता रहेको थियो।गाउँ सभामा ईन्जिनियर प्रकास कुमार गुप्ता ,प्रसांत कुमार गुप्ता ,आइटी औफिसर संजिव यादव, स्वरोजगार संयोजक मुकेस चौरसिया,समेत कर्माचारी हरु र पत्रकार, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

