असोज ३० नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको चेतना महिला कृषी सहकारी सस्थाको १६ औ साधारण सभा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष कमला तिवारी पराजुलिको अध्यक्षता तथा बर्दघाट १४ का अध्यक्ष केशव खत्री र सानाकिसान सहकारी दाउन्नेदेविका अध्यक्ष देविप्रसाद अधिकारिको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष केसव खत्रीले महिलाहरुलाई नै लक्षित गरि ग्रामीण स्तरमा खोलिएका यस्ता सहकारीहरुले महिलाहरुलाई उधमशिलता र ब्यवसाय तर्फ आकर्षित गराई आत्मनिर्भर र जिविकोपार्जनमा समेत महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो। कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाकी अध्यक्ष कमला तिवारी पराजुलिले सहकारीले स्थापनाकालदेखी नै महिलाहरुको आर्थिक उपार्जनमा अहम भुमिका खेलेको बताउनु भयो।आर्थिक रुपले पछाडी परेका बिपन्न महिलाहरुलाई विभिन्न किसिमका आयमुलक कार्य्हरु र ब्यवसाय गर्नतर्फ उप्रेरित गर्ने र सोही अनुरुप सस्थाले उनिहरुलाई लगानी गर्ने गरेको बताउनु भयो। कोरोना कहरका बिच सस्थाले यसपाला भने असोज २२ गते देखि वडागत रुपमा साधारण सभा सन्चालन गरि ३० गते सम्पन्न गरेको सस्थाकी ब्यवस्थापक निर्मला जिसिले जानकारी दिईन। अध्यक्ष पराजुलीले सस्थाको कुल सेयर पुजि ३५,९५,९०० बचत रकम १५,९०९,०५१ र लगानिमा रहेको पुजि अन्तर्गत २२८६६९७० रहेको सस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बर्दघाट १४,१५ र १६ नम्बर गरि ३ वटा वडाहरु समेटी आफ्ना गतिविधिहरु सन्चालन गर्दै आएको सस्थाको हाल १४४० सेयर सदस्य रहेको सस्थाकी सहायक ब्यवस्थापक रमा तिवारीले बताईन। कार्यक्रममा सानाकिसान सहकारी का अध्यक्ष देवि अधिकारी,सस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। सस्थाकी उपाध्यक्ष उर्मिला थापा क्षेत्रीको शुभकामना मन्तब्य रहेको कार्यक्रमको सन्चालन सस्थाका सचिव सारदा पौडेल पन्थिले सन्चालन गर्नु भएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।