महेश सिंह सिरहा लहान ६ श्रावण – सिरहाको लहान नगरपालिका वाडा १२ माबी पडरीया थारुटोलमा प्र.अ.राम शेवक यादवको सेटीङ्गमा शिक्षक भर्नामा अनियमितता भएको बाहिरीएको छ।२०७७ साल देखि २०७९ नि.मा.शि.तहका लागी नेपाली अङ्ग्रेजी र गणित विषयको लागि २०७८/ ७९/ ००१ राखी पुनः सोही दरबन्दीको लागि २०७९/०४/४ गते नेपाल सरकारको शिक्षा निति ऐन अनुसार परिक्षा संचालन गर्नु पर्नेमा परिक्षा संचालन नगरेको सहभागीहरुको गुनासो रहेका छन्।
प्र.अ. ले समयमा परिक्षा संचालन नगरी विभिन्न प्राबिधिक समस्या देखाई दिउँसो ११:४० मा मिलोमतोमा परिक्षा संचालन गरेका थिए।परिक्षामा ३९ जना परिक्षार्थीहरु मध्येबाट १ जना गणित विषयका परिक्षार्थी मात्रा प्रथम पत्रमा उतिर्ण गराएको र नेपाली र अङ्ग्रेजी विषयमा परिक्षार्थीहरुलाई उतिर्ण नगरेको पुर्ण आर्थिक चलखेल र प्र.अ.राम शेवक यादवको सेटिङ्गमा सोही दिन हतारमा अन्तरबार्ता लिई न्युकक्त गरेको सहभागीहरुको आरोप रहेका छन्।

परिक्षार्थीहरुले पुनः परिक्षाको माग गर्दै पत्रकार समेलन मार्फद जानकारी गराएका थिए।निस्पक्छ पार्दर्शी हिसाबले पुनः परिक्षा गराउन माग गरेका छन्।बिधालय ब्यवस्थापन समितिका अध्यक्ष छेदीलाल चौधरीको समेत उपस्थितिमा यस्तो गैर कानुनी हिसाबले नियुक्त गरेको सहभागीहरुले बताए।शिक्षक भर्नाको विषयमा प्र.अ.रामशेवक यादवलाई पत्रकार ले सोधपुछ गर्दा यो विषयमा केहि बोल्न मानेन्न र हतोपतो घर लागेका थिए।
अनियमिताको विषयमा सरोकारवालाको ध्यानाकर्षण होस र सेटिङ्गमा रहेका शिक्षक कार्बाहीको समेत जोडदार माग गरेका छन। असन्तुष्ट पक्षहरुले बिरोध स्वरुप लहान नगरपालिकामा ध्यानाकर्षण गराउन लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएको स्थानीय युवा नेता धर्म राज चौधरीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

