कपिलवस्तु / २० मंसिर छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको तुलसियापुर चोकमा सांसद जगदम्बिका पाल द्वारा लाइफ लाइन हास्पिटलको उद्धघाटन भएको छ । बढ्नी रोड , तुलसियापुर ( सिद्धार्थनगर) मा उद्घाटन भएको उक्त हास्पिटलमा हर्निया, हाइड्रोसिल, अपेन्डिकस, नार्मल डिलेवरी, आपरेशन द्वारा डिलेवरी, पित्तको थैलीको आपरेशन, किडनीमा भएको पथरीको आपरेशन, पलास्टर र हड्डी फ्याक्चरको आपरेशन गरिने जस्ता सुबिधा सम्पन्न रहेको साथै चौबीस घण्टा एमरजैंसी सेवा समेत उपलब्ध रहने हास्पिटल प्रशासनले जनाएको छ । M. D. (Skin) डा. राजीव प्रताप सिंह, , M. B. B. S र M. S. डा. विनय कुमार सिंह ( जनरल सर्जन), D. P. T. सुनिल कुमार गुप्ता ( फिजियोथेरेपी) , M. B. B. S. डा. वी वर्मा, M. B. B. S. डा. जोगिन्दर यादव (रेडियोलांजिस्ट) , , M. B. B. S . डा. मरियम सैय्यद (स्त्री एवम् प्रसूति रोग विशेषज्ञ) लगायत डा. हरु रहने जनाइएको छ । ००९१९४१५२४००५३, ००९१९४१५४१०५९९, ००९१७४०८३३१२३२ लगायत सम्पर्क नम्बर हरू रहेको छ । तुलसियापुर लगायत क्षेत्रका स्थानीय अब बाहिर औषधि गराउन न जानु परोस भन्ने उद्देश्यका साथ हास्पिटल संचालन गरिएको हास्पिटल संचालक अवधेश जयसवाल ले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।