उत्तमकुमार थापा
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा चैते धानको सफल परिक्षण भएको छ ।
जिल्ला कृषि ज्ञानकेन्द्र बझाङले परिक्षणकाे लागि छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ काे भाडेबजार स्थित सुरेन्द्र कठायतकाे खेतवारीमा यसपालि परिक्षणकाे लागि राेपनि गरेको र सफल भएको कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताए । उहाँले भन्नू भयाे,हामीले कृषक कठायतलाई बीउ ज्ञान दिएका छाै । साथि परिक्षण गरेकाे उहाँको भनाइ छ ।

भाडेबजारका कृषक सुरेन्द्र कठायतका अनुसार याे धान फागुनमा बीउ राखि चैत्र २५ गते राेपाई गरेका थियाै ज्ञान केन्द्रले दिएकाे सल्लाह सुझावकाे आधारमा लगाएका हाै । अरु धान भन्दा अत्याधुनिक बढी फलेको बताए । उनलेे भन्नू भयाे ,यसै साउनकाे पहिलाे हप्ता कटानि गरि पुन त्यहि जमिनमा धान राेप्न सकिने पद्धति नै चैते धान खेति हाे । याे धान करिब १०० दिनमा पाक्छ जात हर्दिनाथ हाे ।
यसै जमिनमा यहि जात गत साल राष्ट्रिय धान दिवस मनाईएकाे कृषि ज्ञानकेन्द्र प्रमुख बिष्टले बताए चैते धानकाे सफल परिक्षण भएको पाईन्छ । यस्ले खाद्य सुरक्षामा टेवा पुग्ने, धानकाे उत्पादन र उत्पादकत्व बढने स्राेतकाे भनाइ रहेकाे छ । यसरी राेपाई हुने सिजन साउनको महिनामा खेतवारीमा धान काट्नु भएको भन्दै कृषक हर्शित भएका छन । यसलाई तल्लो गर्मि भेगमा व्यापक फैलाउनु पर्ने कार्यालयकाे भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

