Rashtriya Dainik

छविसपाथिभेरा गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

उत्तमकुमार थापा
छविस पाथिभेरा गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

आज गाउँपालीकाकाे सभाहलमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । गाउँपालीकाले आर्थिक बर्ष २०७८/०७९ मा सम्पन्न भएका विकासका याेजनाबारे र गाउँपालीकाले दिने सेवा सुविधा बारे जनताको धारणा बिच जिज्ञासा गुनासा लाई सम्वाेधन गर्न र गाउँपालीकाले गरेका कार्यकाे बिषयमा पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ गरेकाे गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले बताए ।

छविस पाथिभेरा गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष शैलेन्द्र राेकाया पुर्व अध्यक्ष जगदीश राेकायाले सहजिकरण गरेकाे कार्यक्रमका अध्यक्ष गाउँपालीका अध्यक्ष बसन्त चलाउने प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहरा उपाध्यक्ष लछिमन बाेहरा जिल्ला समन्वय समिति सदस्य टाेपबहादुर खड्का नागरिक समाजका अध्यक्ष धर्मजङ्ग सिँह लगाएत उल्लेख्य जनसमुदायको सहभागीता रहेकाे थियाे ।

जनता र स्थानीय सरकार बिच समन्वय गर्दै आगामी दिनमा विकासका कार्यलाई अगाडि बढाउन सघाउनु पर्ने अध्यक्ष चलाउनेकाे भनाइ रहेकाे थियाे । जनताको जनगुनासाे आउनु उचित रहेकाे भन्दै स्थानीय सरकारले टाेल फ्रि नम्बर अर्थात गुनासो पेटिका राख्ने पनि उहाले बताए । आफ्नाे कार्यकालमा जनता सँग प्रत्येक्ष हातेमालो गर्दै वास्तविक पिडामा मलम लगाउन आफू तैयारी रहेको बताए । समन्वय प्रमुख रहनु भएका बाेहराले बने,कर्मचारी र स्थानीय सरकारका जनप्रतिनिधि एक आपसमा हातेमाले गर्दै बिकासलाई तिव्रता दिन आग्रह गर्नु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित