राष्ट्रिय दैनिक / धरान
धरानमा बालबालिकालाई राम्रो र नराम्रो स्पर्शबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
रोट्रयाक्ट कल्ब अफ धरान घोपाकाे अायाेजना तथा गरिमा डान्स ऐकेडमीको सहकार्यमा “राम्रो स्पर्श र नराम्रो स्पर्श” को बारेमा भानुचोक,धरानमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको हाे।
बालबालिकाको मनमस्तिष्क निश्चल र पवित्र हुन्छ, उनीहरुमा सहि र गलत छुटाउने चेतनाको कमी हुन्छ। तसर्थ सानैदेखि राम्रो र नराम्रो कुरा सिकाउने उदेश्यका साथ कार्यक्रम सम्पन्न गरिएको अायाेजकले जनाएको छ।
नेपालमा हरेक दिन औसतमा ६ बलात्कारका घटनाहरु दायेर हुन्छन र यौनदुव्र्यवहारका घटना पनि दिनहुुँ सुनिन्छन् । यस्तो अवस्थामा बालबालिकालाई राम्रो र नराम्रो स्पर्शको बारेमा हामीले चेतना दिदा यस्ता घटनाहरु केही अंशमा घट्न सक्ने रोट्रयाक्ट कल्ब अफ धरान घोपाकाे अध्यक्ष ऋितिक राज पासवानले बताउनु भएको हाे।
कार्यक्रममा २ समुह बनाई रोट्रयाक्टरहरुले कहाँ छुन सहि र कहाँ गलत ??? विषयमा पोस्टर र भिडियोको माध्यमबाट जानकारी गराइएको थियोे । त्यसेैगरी आफुलाई कसैले नराम्रो स्पर्श गर्दा आवज उठाउने ,नजिकैको अभिभावक वा ठुुलो मानिसलाई खबर गर्ने कुरा पनि सिकाइको थियो ।
क्लबको अध्यक्ष ऋितिक राज पासवान विशेष उपस्थिति तथा रो. अमिसा पन्त, रो. चाहाना पाठक,रो. पिर्यान्सु यादव र रो. सितल सिरीवास्तब को साथै गरिमा डान्स ऐकेडमीको सनचालक मनिकुमार लिम्बू लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा ७ देखि १४ बर्षका ३० बालबालिकाहरुको उपस्थिति रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

