रुपन्देहीमा पाँच वटा ट्रकबाट १२१ गोरु बरामद

रुपन्देही : ३० मंसिर

रुपन्देही प्रहरीले पाँच वटा ट्रकबाट १२१ वटा गोरु नियन्त्रणमा लिएको छ। गोरु ओसारपसारमा संलग्न पाँच जना पनि पक्राउ परेका छन्। शनिबार बिहान प्रहरी टोलीले बुटवल उपमहानगरपालिका-६ अस्पताल लाइनबाट गोरु नियन्त्रणमा लिएको हो।

ती गोरु पश्चिमबाट पूर्वतर्फ लगिँदै थियो। गोरु लैजाने अन्तिम बिन्दु कहाँ थियो भन्नेबारे अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।

उनका अनुसार पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका-३६ का गणेश पौडेल, जितपुर सिमरा-१६ का तिलकबहादुर जिम्बा, बारा निजगढ नगरपालिका-९ का शम्भु भट्टराई, नवराज कार्की र हेटौंडा उपमहानगरपालिका-१४ का लक्ष्मण दनै छन्।

पोखरेलका अनुसार ओसारपसारको कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि गोरु नियन्त्रणमा लिइएको हो। गोरु ओसारपसारमा ना५ख ५६५५, ना८ख ७३०२, बागमती प्रदेश ०३-००१ ख ०३३३, ना६ख ५७१२ र ना५ख ७५३९ नम्बरका ट्रक थिए।

ती ट्रक, गोरु र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन भैरहवामा पठाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot