बिनाेद निगम , राष्ट्रिय दैनिक , २ साउन
आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । भारतको इटहियाका लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।
अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको इटहिया लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भएको करणले भिडभाड हुने थालेको छ
साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ ।यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।
केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ ।संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

