Rashtriya Dainik

दुर्गाथलीमा ट्याक्टर दुर्घटना

उत्तमकुमार थापा बझाङ
बझाङको दुर्गाथली गाउँपालीका स्थित वडा नम्बर -५ बाझकाँडा स्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।

ट्याक्टर जाफरीबाट बाझकाँडा तर्फ गिट्टि लोड गरी जाने क्रममा चालक जिल्ला कंञ्चनपुर लालझाडी गाउँपालीका -२ बस्ने बर्ष २९ को श्याम रानाले चलाएको सु.प.प्र ०२००१ त १३९२ नं ट्याक्टरको ट्राली सडक छेउमा पल्टिन गई ट्याक्टरमा सवार ब्याक्तिहरु घाईते भई उपचारको लागि दुर्गाथली गाउँपालीकाको एम्बुलेन्स द्वारा जिल्ला अस्पताल बझाङको लागि पठाएको जनाएको हाे ।
चालक प्रहरीकाे नियन्त्रणमा रहेका छन घाइते हुनेमा बझाङ दुर्गाथली गाउँपालीका -५ बाझकाँडा बस्ने बर्ष ३५ को सुवास कडायत टाउको,निधार,हातमा चोट अवस्था मध्यमरहेकाे छ ,भने सोही ठाउँ बस्ने बर्ष २५ कि खिरु देवी कडायत छाती ,कम्बरमा चोट लागेको र मध्यम अवस्था रहेको डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित