Rashtriya Dainik

अाखिर किन बाधे सरावलका जनप्रतिनीधिलाई स्थानीयले ..? हेर्नुहाेस यस्तो छ कारण

राष्ट्रिय दैनिक , नवलपरासी , २ साउन

तराईका विभिन्न भुभागमा लामो समयदेखि पानी नपरेकोले खडेरीका कारण आजित बनेका किसानहरु पानी पराउने अाशमा विभिन्न नितिनियम पालना गरिरहेका छन ।

तराईका केही जिल्लामा देबि देवता भएको मन्दिर बाध्ने , अाफु अाफुमा हिलाे र पानी छर्किने , भजन कृतन गर्ने , भक्ति अराधना गर्ने र महिलाहरु जागरन बस्ने लगाएतका क्रियाकलाप गरिरहेका छन ।

त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्ष एक कार्यपालिका सदस्यहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ। सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित ,पुर्व राष्ट्रियसभा सदस्य रामलखन हरिजन, वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , वडा नम्बर ५ वडा अध्यक्ष लक्ष्मण प्रसाद चाैधरी ,कार्यपालिका सदस्य रामानन्द हरिजन लगाएतका जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेको छन ।

गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए। ‘अहिले गाउँभरि यस्तै पूजा भइरहेको छ। गाउँका भद्र भलादमीको हात बाँधेर पूजा गर्ने, पानी र हिलो छ्याप्ने गरिन्छ,’ उनले भने,‘धार्मिक मान्यताअनुसार यसो गरिएको हो।’

नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको छ । मल वेलामा नपाएका किसान यति वेला थप पिडामा परेका छन । रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ ।

किसान चिन्तित देखिएका छन । खडेरीले माटो सुक्दा खेतमा धाँजा फाटेको छ । असारको पहिलो साताबाटै रोपाई सुरु गरेका किसान आकासे पानिको भर पर्दा र बैकल्पिक सिचाईको व्यवस्था नहुदा रोपो सुक्न थाल्दा यस बर्ष धान उत्पादनमा कमि आउनेहोकि,लगानि पनि नउठ्नेहोकि भन्ने कुराले यतिबेला किसानहरुलाई पिरोल्न थालेको छ ।

पिरमा परेका किसानले गाँऊका अगुवालाई बाँधेर मन्दिर लैजादाँ पानि पर्छ भन्ने विश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको छ ।

अगुवाले स्वच्छ मनले पुजा गरेमा पानि पर्ने विश्वास लिएर स्थानियले जनप्रतिनीधिलाई बाँधेर मन्दिर लएर पुजा गर्न लगाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताए ।
तिनदिन सम्म पुजा अर्चना गरि अन्तिम दिन गाँऊका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पुजा अर्चना गर्दा भगवान खुसी भएर पानि दिने विश्वास छ । अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा आफुले भोगेको बताउँछिन राम रति चौधरी ।

अघिल्लो बर्ष बाढि डुबाउका कारण धान उत्पनदनमा क्षति भएपनि पछिल्लो समयमा जिल्लामा धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्रको दावि छ ।

सरावलबाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमापूजा गरिएको छ। जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित