Rashtriya Dainik

पर्सा प्रहरीद्वारा ट्रकमा लोड गरेको २५० किलो गाँजा सहित २ भारतिय नागरिक पक्राउ

कृष्णा यादव ,वीरगंज २ श्रावण
जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय गाडीवाट २५० किलो गाँजा सहित ३जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

पर्साका क्राईम ब्रान्च प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा विशेष सूचनाको अधारमा ड्राईपोर्ट श्रिसिया सडक खण्डमा खटिएको टोली NLO2G3791 नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दे उक्त ट्रकको क्यावीनमा लुकाईछोपाई राखेको अवस्थामा २५० केजीको पोका गाँजा सहित ट्रक बरामद गरेको पर्सा प्रहरी प्रबक्ता प्रहलाद कार्कीले बताउनुभयो।

उक्त गाँजा सहित पक्राउ पर्नेमा भारतीय बिहार जिल्ला मोतिहारी थाना सुगौली वडा नम्वर १९ बर्ष २० को साहेब अालम र भारतीय बिहार पुर्वी चम्पारण रामगढवा वडा नम्बर २निवासी बर्ष ४५ को गुलाफ मिया सहित १७ बर्षिय बालकलाई पक्राउ गरि लागू अौषध समबन्धी कसूरमा अनुसन्धान मुद्दा चलाउने पर्सा प्रहरी प्रबक्ता प्रहलाद कार्कीले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित