महेश सिंह सिरहा २ श्रावण – सिरहाको औरही गाउँपालिका ५ मा एक जना निर्दोष ब्यक्ती छिमेकी बाटै निर्घात कुटएका छन्। जजमानको घरबाट क्रिया क्रम गरेर घर फर्किएको बेला घर जनजिकै पुँग्दा छिमेकी महेन्द्र झाले स्थानीय २५ वर्षिय बिबेक झा लाई बोलाई ठाँउ निहुँराएर एकासी कुटपिट गरेका छन्।
झाको कुटपिट घटनामा स्थानीय छिमेकी महिन्द्रा झा,अशोक झा,पपु झा,सदानन्द झा,बब्लु झा,लगायतका ब्यक्तीहरुले बिबेक झा माथी निर्घात कुटपिट गरेका थिए। स्थानीय निर्वाचन अगाबै बैशाख २७ गते मंगलवार करिब ४ बजे तिर कुटपिट गरिएको थियोे।
गाउँका अबला र निमुखा युवा झा माथी कुटपिट भएको खबरले गाउँ भरि त्राहीमान भएको थियो। किन कुटपिट गरेको कुरा आफुलाई केही जानकारी नरहेको पीडित बिबेक झाले बताए। न्यायका लागी पीडित झा प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा समेत दर्ता गराई अपराधीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्बाही गर्न पीडितको माग रहेका छन्।
कुटपिटका आरोपित मेहेन्द्र झाले उल्टै सिरहा जिल्ला अदालत इजलास माननीय जिल्ला न्यायाधीश कृष्ण प्रसाद सुबेदीका आदेशमा ०७८-Wo-००५७ मुद्दा निषेधाज्ञा जारी गराएका छन्।पीडित झाले न्यायका लागी प्रहरी पत्रकार र समाज सबैलाई हार गुहार गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

