महेश सिंह सिरहा लहान २ श्रावण – सिरहाको लहान नगरपालिका वाडा नम्बर १९ नौडेगामा ३० घर धुरीलाई जसता वितरण गरिएका छन्।लहान नगरपालिकाले केहि महिना अगाडि देखि सुरु गरेको फुसको तथा परालको छानो उन्मुलन र जसता पता वितरण अभियान अन्तर्गत लहान १९ नौडेगामा ३० घर धुरीलाई वितरण गरिएका छन्।
लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले उक्त बस्तीमा वडा अध्यक्ष मो.कमरुदिन राईन,वडा सचिब कैलास महतो,नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव लगायतका पत्रकारहरुको रोहबरमा अनुगमन गरि गरिब दलित असहाय ब्यक्तीहरुलाई राहत स्वरुप जसता पात वितरण गरिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

