राष्ट्रिय दैनिक , २ साउन
भगवान शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । साउन २ गते (आज) पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ ।

आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, भक्तपुरको डोलेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेव लगायत देशभरका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्छ ।
साउने सोमबारका दिन सबैभन्दा बढी श्रद्धालु आउने पशुपतिनाथमा नै हो । यो दिनका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ । कोषका अनुसार सोमबार बिहाननै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिएको छ । साथै आज बोलबम तीर्थयात्रीहरुको पनि शिवालयहरुमा भिडभाड देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

