Rashtriya Dainik

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ काे ताला खुल्यो

उमेश बि.क / नवलपरासी , १ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ काे वडा कार्यालयमा लगाइएको ताल अाज एक सातापछि खुलेको छ।

वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत नेपाल सरकार संघिय सशर्त कार्यक्रम तर्फ कोभिड १९ महामारीवाट प्रभावित अतिविपन्न परिवारहहरुलाई नगद हस्तान्तरण सम्बन्धि कार्यक्रममा विवाद अाएकाेले वडा नम्बर २ का स्थानीयले वडामा ताला लगाएका थिए ।

कोरोना प्रभावितको राहत स्वरुप दस हजारको दरले दिइने रकम वाडले कोरोना प्रभावित तथा केहि अतिबिपन्नहरुलाइ बेवस्ता गरि नाम सिफारिस गरेको भन्दै वडाको सबै सेवा प्रभावित हुनेगरी तालाबन्दी गरिएको थियो ।

काेभिड १९ काे महामारीबाट प्रभावित अतिबिपन्न परिवारका लागि अाएकाे राहत कार्यक्रम निर्वाचन अगाडि प्रत्येक वडामा माग फारम संकलनगरि पालिकामा छानबिन गर्दा माग फारम मापदण्ड बिपरित अाएकाे हुनाले राहत कार्यक्रम स्थगित पनि गरिएको छ।

त्यस्तै एक हप्तादेखि वडा कार्यालयमा लगाइएको ताला स्थानीय बासि , राजनीतिक दलका प्रतिनिधिकाे राेहबरमा स्थानीय सहमतिमा अाइतबार ताला खाेलिएकाे हाे।

ताला खाेल्ने क्रममा वडा नम्बर -२ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताले अाफुहरुबाट गल्ती भएको स्विकार्दै सर्वदलीय बैठक बसेर ताला खाेलाउन सहयोग गर्नेलाई धन्यवाद दिदै अगामी दिनमा यस्ता गल्ती नदाेहरिने बाचा समेत गर्नुभएको हाे।

त्यस्तै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बन्दकाे कारण सेवाग्राहीलाई काममा प्रभाव परेको बताउदै केही गल्ती वडा र केही गल्ती पालिकाबाट भएकोले अगामी दिनमा गल्तीलाई सच्याउदै गल्ती नदाेहिरिने गरि काम गर्ने प्रतिबद्धता ब्यक्ति गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित