उमेश बि.क / नवलपरासी , १ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे अायाेजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उपयुक्त प्रविधि हस्तान्तरण गरिएको छ ।

अार्थिक वर्ष ०७८/० ७९ बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नेपाल सरकारकाे सशर्त कार्यक्रम तर्फ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम वडा नम्बर १ बासाबसही , वडा ३ सरावल र वडा नम्बर ६ मधवलियामा सन्चालन रहेको थियोे ।

साे कार्यक्रम अन्तर्गत ८५ जना लघु उद्यमी सिर्जना भएका छन भने ४१ जनालाई सीप बिकास तालिम प्रदान गरी सिलाई मेसिन हस्तान्तरण गरिएको हाे।

सिपबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सिलाई मेसिन हस्तान्तरण कार्यक्रम पालिका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको हाे।

पालिका अध्यक्ष चाैधरीले सिप सिकेकाहरुलाई जीविकोपार्जन गरी आर्थिक रुपमा सवल बनाउनका लागि मेसिन बितरण गरेको बताउनु भएको हाे। विक्रि गर्न नपाईने गरी वितरण गरीएको मेसिन सिलाई कटाई पेशामा मनग्गे आम्दानी गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली ,निमा चाैधरी , सन्जय माैर्य लगाएतकाे उपस्थित रहेको कार्यक्रमकाे सन्चालन याेजनाशाखा प्रमुख राजन बस्यालले गर्नुभएको थियोे भने टेकमाया कुमारी चाैधरीले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

