Rashtriya Dainik

लहानमा नशा ईन्टरनेशनल ईन्स्टिच्युटको कल्चरल प्रोग्राम सम्पन्न

महेश सिंह सिरहा लहान १ श्रावण -सिरहाको लहान नगरपालिका ८ स्थित बिगत २ बर्ष देखि संचालनमा रहेको नशा ईन्टरनेशनल ईन्स्टिच्युटले बृहत रूपमा कल्चरल प्रोग्राम
मनाएका छन्।शिक्षाको क्षेत्रमा छोटाे समयमा निकै लोकप्रियता कमाएको संस्थाको अध्यक्ष संजय कुमार साहले बताए।
उक्त ईन्स्टिच्युटमा कम्पयुटर शिक्षा र अङ्ग्रेजी भाषाको कक्षा लिएर कक्षा ८ देखि ब्याचलर सम्मको विद्यार्थीहरु थप कोचिङ्ग कलास गर्ने गरेका छन्।संस्थाले दक्ष अनुभवी शिक्षकहरुको समुहद्वारा पठन पाठन संचालन गरिएका छन्।
स्थापक अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अग्रिमा एकेडेमीका प्रीन्सिपल ज्ञान कुमार झाको प्रमुख आतिथ्यता रहेको थियो।

बिशिस्ट अतिथिमा प्रख्यात अङ्ग्रेजी शिक्षक सि.के. पंडित र अतिथिहरुमा शुनिल कुमार शर्मा,बिवेका नन्द गोइत,सुरेन्द्र राम,सैलेन्द्र कुमार यादव श्याम महतो,घन श्याम महतो भोला जित नेपाल,मनोज यादव,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति बिरेन्द्र यादव बिरु, गोर्खा टोलिभिजनका सिरहा सम्बादाता महेश सिंह महतो लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

विभिन्न जात जाति तथा समुदायका विद्यार्थीहरुले अ आफ्नो कला सांस्कृतिक नित्य प्रस्तुत गरेका थिए।कार्यक्रम करिब २ सय विद्यार्थीहरुको उपस्थिति रहेको आयोजकले जनाए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित