रुपन्देही / १ साउन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा आइतबार स्थगित भएको छ । ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि पुनः स्थगित भएको हो ।
नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरप्रमुख रामकृष्ण खाँणले सभा स्थगित गरी सोमबार दिउँसो १ बजेका लागि डाकेका छन् । नगरप्रमुख खाँण त्यसलगत्तै हलबाट निस्किएर अर्को स्थानमा गए ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आफूलाई एमालेका जनप्रतिनिधिले बुझाएको ध्यानाकर्षण पत्र लिइ मेयरसँग देखाउन भनी खाँण भएको स्थानमा पुगेका थिए । तर उनी त यहाँ पुगेर पत्र देखाउँदा देखाउँदै एमालेका जनप्रतिनिधिले उपस्थितिको हस्ताक्षर गर्न माइन्युट मागे । उक्त माइन्युट नपाएपछि उनीहरूले प्रदर्शन सुरु गरेका थिए ।
नगरप्रमुख खाँणले नगरसभाको समय बाहेक अन्य समयमा आएर नगर अध्यक्षले हस्ताक्षर गरिसकेको माइन्युटमा सही गर्न खोज्ने जनप्रतिनिधिलाई सही नगर्न आग्रह गर्दा विवाद सिर्जना गरी स्थिति तनावग्रस्त बनेको बताए । प्रमुख खाँणले आफू विधि अनुसार चल्ने भएकाले विरोध, प्रदर्शन जति गरे पनि कानुनत: काम गर्न कसैले छेक्न नमिल्ने जनाए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

