काठमाडौं । नयाँ आर्थिक वर्षको सुरूसँगै आजबाट व्यक्तिको वार्षिक आयमा लाग्ने करको दरमा हेरफेर भएको छ ।
पहिले अविवाहितले वार्षिक ४ लाखसम्म र विवाहितले साढे ४ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नुपर्थ्यो ।
अब भने अविवाहितको ४ लाखबाट सीमा ५ लाख पुर्याइएको छ । त्यस्तै, विवाहितले हकमा ६ लाख पुगेको छ । अविवाहितले वार्षिक ५ लाख सम्म कमाउँदा वार्षिक ५ हजार र विवाहितले वार्षिक ६ लाखसम्मको आयमा ६ हजार कर तिरे पुग्छ ।
अविवाहितको ५ देखि ७ लाखसम्मको कमाइमा १० प्रतिशत कर लाग्छ । विवाहितले ६ देखि ८ लाख रूपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर बुझाउनु पर्नेछ ।
विवाहित र अविवाहितले ८ लाख र ७ लाखभन्दा माथि कानूनले तोकेअनुसारको नै कर तिर्नुपर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

