काठमाडौं । काठमाडौंका बालबालिकालाई भारतमा पुर्याई मिर्गौला झिक्ने गिरोहक ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका सडकमा रहेका बालबालिकालाई फकाएर भारत पुर्याई मिर्गौला निकाली महंगो मुल्यमा बेच्ने गरेका थिए ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ। गुल्मीको रेसुङा नगरपालिका वडा नम्वर २ का ३१ वर्षीय विजय कुँवर, दैलेख तिलुखाना–६ का ३२ वर्षीय विमलबहादुर शाही, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २९ वर्षीय धुपेन्द्रबहादुर शाही, रामेछापका धनबहादुर रोका र झापाका आशिष तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
यो गिरोहले बालबालिकालाई मिर्गौला बेच्दा ५ लाख रुपैयाँसम्म आम्दानी हुने प्रलोभन देखाएर भारतमा लैजाने गरेको थियो । उनीहरुले अहिलेसम्म कति बालबालिकाको मिर्गौला बेचेका थिए भन्ने स्पष्ट हुन सकेको छैन । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

