Rashtriya Dainik

भारतबाट घटेर आयो पेट्रोलियम पद्धार्थको मूल्य

१ श्रावण २०७९, आईतवार

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि शनिबार नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर हाराहारीमा झरेको छ । एक महिनाअघि मात्रै प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।

आईओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटाएर पठाएपनि तत्काल उपभोक्तालाई भने सोअनुरुप लाभ नमिल्ने निगमले जनाएको छ । निगमका अनुसार यसअघिको नोक्सानीको असर परिरहेको कारण नेपालमा तत्काल पेट्रोलियम पद्धार्थको मूल्य नघट्ने भएको छ ।

हाल आयल निगमले आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । उक्त ऋण तिर्नका लागि निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित