राष्ट्रिय दैनिक / नवलपरासी , १ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे विभिन्न वडामा विवादका कारण कोभिड प्रभावितलाई दिइने नगद रकम स्थगित गरिएको छ ।
सरावल गाउपलिकाको आ.व २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत नेपाल सरकार संघिय सशर्त कार्यक्रम तर्फ कोभिड १९ महामारीवाट प्रभावित अतिविपन्न परिवारहहरुलाई नगद हस्तान्तरण सम्बन्धि कार्यक्रम रहेको थियो ।
सरावल गाउँकार्यपालिकाको निर्णयवमोजिम कोभिड १९ को महामारीवाट प्रभावित अतिविपन्न परिवारहरुलाई नगद हस्तान्तरण सम्वन्धी कार्यविधी २०७८ ले गरेको व्यवस्थाअनुसार विभिन्न सुचना तथा प्रकृया अवलम्वन गरिएको थियो ।
साे विषयलाई लिएर विभिन्न वडामा तालाबन्दी , लडाइँ झगडा जस्तो विषम परिस्थितिका कारण सरावल गाउँकार्यपालिकाको मिति २०७९ साउन १ गतेको निर्णयअनुसार सम्पुर्ण प्रक्रिया रद्द गरिएको सुचना प्रकाशित गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सरावल बासिन्दालाई जानकारी गराउनु भएको हाे ।

कोभिड – १९ को महामारीवाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यक्रम स्थगित भएकोले साे काे विषयमा केही जिज्ञासा तथा सुचना लिन परेमा पालिकामा सम्पर्क गर्न प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले अाग्राह गर्नुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

