पर्सा, १ श्रावण / बीरगन्जमा एक कार्यक्रमका बिच निष्कर्ष समाचार सप्ताहिक पत्रिकाको बिमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पत्रिकाको बिमोचनगर्नु भएको हो ।
पत्रिकाको प्रकाशक शिवनारायण मिश्राको सभापतित्वमा सम्पन्न बिमोचन कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक रमेश कुमार वस्नेत, १३ नं. गण बीरगन्जका सशत्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल, महिला नेतृ रम्भा मिश्रा लगायतको पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
बिमोचन कार्यक्रमको सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले संबिधानले जनतालाई बोल्ने र लेख्ने स्वतन्त्रा दिएको वताउदै कानुनको परिधी भित्र रही हरेक किसिमका समाचार लेख्न सुझाएका थिए ।
सो अवसरमा पत्रिकाको उत्तरोतर प्रगति एवं सफलताको शुभकामना दिनु हुदै पजिअ ढकालले पत्रिकाको टिम अनुभवी रहेको बताउदै एउटा प्रशासकको तर्फबाट हुन सक्ने हर किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्ने लक्ष्यका साथ प्रकाशन शुरु गरेको पत्रिकाको सम्पदक आरके मिश्रा रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

