काठमाडौं । आज कर्कट संक्रान्ती अर्थात साउने संक्रान्ती मनाइँदैछ । सौर्यमास अनुसार प्रत्येक वर्ष साउन १ गतेलाई कर्कट संक्रान्तीको रुपमा मनाउने गरिन्छ । आज हरेक रोगव्याधी निको होस भन्ने हेतुले लुतो फालेर पनि संक्रान्ती मनाइन्छ ।
सूर्यले मिथुन राशि भोग सकेर कर्कट राशीमा प्रवेश गरेको हुनाले पहिलो दिनलाई कर्कट संक्रान्तिको रुपमा मनाउने गरिन्छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँडने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।
असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

