Rashtriya Dainik

रुपन्देही स्थित मायादेविको बजेट ८० करोड ४९ लाख

तुलसीराम पौडेल —-
मायादेवी ,१ साउन
रुपन्देही स्थित मायादेवी गाउँपालिकाको आर्थिक वर्ष ७९/८० को लागि कुल बजेट रु ८० करोड ४९ लाख ४२ हजार रहने गरि सन्तुलित बजेट प्रस्तुत गरिएको छ ।जसमध्ये चालूतर्फ ४७ करोड ३० लाख ३७ हजार ( ५९ प्रतिशत ) र पुजिगत तर्फ रु ३३ करोड १९ लाख ५ हजार (४१ प्रतिशत ) रहेको छ। गाउँपालिका उपाध्यक्ष नर्मदादेवी उपाध्यायको अनुमतिले वार्ड नम्बर ७ का वडा अध्यक्ष एवं गाउँपालिका प्रबक्ता शैलेन्द्र पाण्डेले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्नुभएको हो ।बजेटका लागि आम्दानीका स्रोतहरुमध्य नेपाल सरकारबाट बित्तीय सामान्यीकरण १५ करोड ६१ लाख ,नेपाल सरकारबाट राजस्व बाडफाड ११ करोड ६ लाख ,शसर्त अनुदान १८ करोड १८ लाख ,नेपाल सरकारबाट समपुरक १ करोड ५० लाख ,विशेष अनुदान १ करोड ५० लाख ,प्रदेश सरकारबाट प्राप्त ( बित्तीय समानिकरण ) ८७ लाख ५६ हजार ) ,प्रदेश सरकारबाट प्राप्त शसर्त कार्यक्रम ८० लाख ,प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाड ७६ लाख ८६ हजार ,प्रदेश सरकारबाट विशेष अनुदान ६० लाख ,सामाजिक सुरक्षा २० करोड ,मालपोतबाट प्राप्त रजिस्ट्रेशन रकम १ करोड १० लाख ,आन्तरिक राजस्व ६ करोड ,अल्या बैंक मौज्दात ५ करोड गरि कुल ८० करोड ,४९ लाख ,४२ हजार ।यस गाउँपालिका अन्तरगतका वडाहरुबाट रु १ करोड ३५ लाख बजेट सिमाभित्र रहि योजना तथा कार्यक्रम ल्याउने निर्धारण गरिएको छ।
प्रस्तुत गरिएको बजेट गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारीत गरिएको थियो । गाउँसभाका सभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ सभा सचीव कृष्ण प्रसाद तिमिल्सिनाले संचालन गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित