Rashtriya Dainik

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

असार ३१ काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा नेपाली काँग्रेकी प्रमुख सचेतक पुष्पा भुसाल विजयी भएकी छन् । सत्तारुढ ५ दलीय गठबन्धन र विपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएकी भुसालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै विजयी हाँसिल गरेकी हुन् । लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा शुक्रबार प्रतिनिधिसभामा मतदान भएको थियो । शुक्रबार भएको मतदानमा सत्तारुढ घटकका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भुसालको पक्षमा मतदान गरे । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरे । २७५ सदस्यीय प्रतिनिधि सभामा हाल २७१ सांसद वहाल रहेका छन् । जसमा नेकपा एमालेका ९८, सत्तारुढ पाँच दलमध्ये नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा समाजवादीका २३, जनता समाजवादीका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १५५ जना रहेका छन् । शुक्रबारको मतदानमा कुल २४२ मत खसेकोमा भुसालको पक्षमा १४८ र विपक्षमा ९३ मत खसेको छ । एम मत कसैलाई पनि मत दिन्न भन्नेमा खसेको थियो । उपसभामुखमा निर्वाचित हुन भुसाललाई १३८ मत आवश्यक थियो । यस अघिको उपसभामुखको चुनावमा भुसाल तत्कालिन नेकपाको उम्मेदवार तुम्बाहाम्फेसँग पराजित भएकी थिईन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। त्यसपछि सभामुख र उपसभामुख दुवै नेकपाबाट भए। संविधानअनुसार एउटै दलबाट दुवै पद राख्न नमिल्ने भएकाले तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्। २०७६ साल यता उपसभामुख पद रिक्त थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित