Rashtriya Dainik

पर्साको पोखरिया नगरपालिकाकाे दाेस्राे नगरसभा बैठक

राजन कुमार बानिया
पर्सा ३२ असार
पर्साको पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० दोस्रो नगर सभाबाट पारित बजेट सार्वजनिककरण कार्यक्रम सम्पन गरेको छ।नगरसभा कार्यक्रमबाट नगर प्रमुख प्रधुमन चौहानको अादेशमा प्रमुख प्रशासकिय अधिकृत असोक रौनियार ले अगामी अार्थिक वर्ष को बजेट ५१ करोड ९० लाख १४ हजार बराबरको बजेट सार्वजनिकरण गर्नु भएको थियो। नगर सभा कार्यक्रम पोखरिया नगर प्रमुख प्रधुमन चौहान को अध्यक्ष्ातामा भएको कार्यक्रम मा नगर प्रमुख चौहान ले भने मेरो पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य ,कृषि ,सिचाइ ,लगायत पर्यटन ,र भौतिक पुर्धार बिकास रहेको छ। पोखरियाको टाउन प्लानिंग को समस्या लाई छिटै समधान गर्ने बताए । साथै पोखरिया नगरको बिकासको लागि जनप्रतिनिधि र कर्मचारी हरु को सहयोग अनुवार्ज रहेको हो। पोखरिया का कर्मचारी हरु को लागी सेवा सुबिधा समेत तलब बढाएको नगर प्रमुख चौहानले बताए। काम गर्ने कर्मचारीहरुलाई पोखरिया नगरपालिका ले प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्ने र पोखरिया को बिकास र सर्वसधारण लाई दुख दिने र अटेर गर्ने कर्मचारी हरु लाई कार्वाही समेत गर्ने नगर प्रमुख चौहान ले बताए । पोखरिया नगरपालिकाको बजेट सम्यमा खर्च होस चैत भित्र बिकासको काम सम्पन गर्नुमा जोड दिनु भएको थियो। सम्यमा बिकासको काम सम्पन नभएमा बिकासको रकम फ्रिज शुने देखिएकोमा अाउने दिनमा बिकास रकम फ्रिज नहोस भन्ने अाग्रह समेत गरे । कार्यक्रममा उपमेयर रुबी ठाकुर, प्रमुख प्रसाशकिय अधिकृत अशोक कुमार रौनियार, कार्यक्रममा वडा अध्यक्ष प्रमोद गिरी ,केदार महतो,रामप्रबेश चौहान,लक्ष्मण साह,महेन्द्र महतो चौहान, सियानन्द चौहान, प्रमेन्द्र प्रसाद कुर्मी, किशोरी साह, नौसाद अालम , सोनालाल साह,कार्यपालिका सदस्य अजय गुप्ता ,रामबचन महतो ,राधा साह, लगायत ,कर्मचारी ,पत्रकार ,सुरक्षाकर्मीको सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन लेखापाल मनोज तिवारीले गर्नु भएको थियोे । नगर सभाबाट सेवा निर्बित कार्यालय सहयोगी सुरेह प्रसाद लाई दोसाला मायाको चिनो दिएर बिदाई समेत गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित