Rashtriya Dainik

पानी नपर्दा किसानहरू चिन्तित , खेतमा राेपाई सुख्न थाल्यो

राजन कुमार बानिया
पर्सा ३२ असार
पर्साको ग्रामीण भेगका किसानहरु अकासे पानीको पर्खाईमा रहेका छन । यता एक सप्ताह देखि वर्षा नहुँदा आकासे पानीको भरमा धानखेती गर्ने किसानहरू चिन्तित भएका छन् । असार महीनाको अन्तिम लाग्न थाल्दासमेत वर्षा नहुँदा धानखेती गर्न धानको बीउ खसालेका किसानहरूको बीउ जलन लागेको हो।असार महीनाको पन्द्र दिन पहिला वर्षा भएको तर त्यसपछि असार बिति सक्यो ता पनि वर्षा नभएको कारण किसानहरु चिन्तित भएका छन।एक सप्ताह पहिला वर्षा हुँदा धानको बीउ तयारी नरहेको र अहिले बीउ तयारी हुँदा एक सप्ताह वर्षा नभएको र आकासे पानीको पर्खाईमा रहेको लंगडीका किसान लालबाबु पटेलले दुखेसो पोखे। एक सप्ताह पहिला भएको वर्षा को बेला ३०प्रतिशत किसानहरुले खेत रोपन सकेको छ । अहिले ७०प्रतिशत किसानहरुले अकासे पानीको पर्खाई रहेका छन।केही किसानहरुले खोलाको नजदिका खेत रहेका किसानहरुले दमकलबाट खेत रोपने काम गरिरहेका छन। अकासे पानी नपर्दा खेत बाँझै रहने हो कि भन्ने चिन्ता अर्का किसान सुरेश महतोले बताए। नेपाल कृषि प्रधान देश नाउँको लागि रहेको हो । किसान को नाउँ मा करोडौ रकम सखाप परिरहेको र सरकार कृषकहरुलाई ना सम्य मा मल खाद ना पानी उपलभ्द गराउन सकिरहेका छन। यता सिचाई डिभिजन कार्यालयले सिचाईको नाउँमा करोडौ रकम खर्च गरिरहेका छन तर किसानहरुलाई सम्यमा सिचाईको लागि पानी उपलभ्द गराईरहेका छैन। सिचाई डिभिजन कार्यालय ले सिचाई को नाउँमा बिना कामको काम गरि खर्च गरिरहेको छ। तर नहर पैनीहरुमा सिलटी पुरि झारान हुन नसकदा किसानहरु खेत सम्म पानी पुर्याउन समस्या देखिएको छ। सम्यमा पानी नअाएको कारण किसानहरु चिन्तित भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित