Rashtriya Dainik

पटेर्वा सुगौली गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट पारित

राजन कुमार बानिया
पर्सा ३१ असार
पर्साको पटेर्वा सुगौली गाँउपालिकाको दोश्रो कार्यकालको गाँउसभाबाट बजेट कार्यक्रम तथा निर्णयहरुको सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो ले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४२ करोड २० लाख रुपैया बराबरको बजेट सार्वजनिक गरिन् । पटेर्वासुगौली गाँउपालिकाले पर्यटन पूर्वाधार विकासका संगै स्वास्थ्य ,शिक्षा ,कृषि क्षेत्रलाइ मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष महतो ले जानकारी दिइन् ।भौतिक पुर्वधार बिकास तर्फ पहिलो प्राथमिकता गाउँपालिका भवन र गाउँपालिका क्षेत्र भित्र बाटो घाटो मा कालोपत्र गर्ने र
पालिकाभरीका किसानलाइ पशुपालन बिमा सेवा निशुल्क उपलब्ध गराइने ,विपन्न तथा दलित छात्रछात्राको उच्च शिक्षाका लागि छात्रवृतिको व्यवस्था गरिने , पालिकाभरका सबै माविमा विषयगत शिक्षकको व्यवस्था गरिने , एक विधालय एक कम्प्युटर एक प्रिन्टर, कक्षा ३ सम्म अँग्रेजी मेडियम बाट पठन पाठन संचालन मा ल्याउने सार्वजनिकरण गर्नु भएका थिए। गाउँसभा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी को अध्यक्ष्ातामा भएको कार्यक्रम मा बोलदै अध्यक्ष चौधरी ले भने पटेर्वासुगौली गाउँपालिकामा अाउने सेवाग्राही शरु को काम छिटो र छरितो गर्न कर्मचारी हरु निर्देशन दिनुभएको हो। बिकासको काम मा जनप्रतिनिधि र कर्मचारी हरु को सहकार्य र सहयोग बिना बिकास को गतिलिन सक्दैन , कर्मचारी हरु लाई ईमानदारी पुर्वक लागन अाग्रह समेत गरेका छन। सबै जना हातोमालो गरेर सम्यमा बिकास को काम चैत महिना सम्म सकउन र फ्रिज हुन बाट बचाउन अाग्रह समेत गरे। गाउँपालिका मा राम्रो काम गर्ने कर्मचारी हरु लाई पुरस्कृत गर्ने बताए । कार्यक्रम मा स्वागत मन्तब्य प्रमुख प्रसाशकिय अधिकृत सन्देश कुमार यादव,ले गर्नुभएको थियो।कार्यक्रममा वडाअध्यक्ष फरमान मियाँ ,विजय गैरे, माधव महतो थारु,बासु पंजियार,बिपिन मुखिया बिन,कार्यपालिका सदस्य,गाउँ सभा सदस्य ,कमर्चारी,पत्रकार लगायतको सहभागीता रहेको थियो। कार्यक्रम संचालन शिक्षा प्रमुख शम्भु साह ले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित