Rashtriya Dainik

विद्यालयमा सरसफाई कार्यक्रम

हरिकिशोर शर्मा असार ३१ जिराभवानी
पर्साको ठोरी -५ मा रहेको नेपाल रास्टिय प्राथामिक बिधालय सरसफाई सप्पन्न भएको छ । ठोरीको विकासमा युवालाई सहभागी गराउने उद्धेश्यले हालसालै स्थापना भएको ठोरी युथ भिजन फाउन्डेसनको सहयोगमा सरसफाई गरिएको हो ।

फाउन्डेसनका अध्यक्ष नारायण वाइबा , उपाध्यक्ष रोशन लोप्चन लगायत स्थानीयबासीहरुको सहयोगमा वृक्षारोपण गरिएको फाउन्डेसनका उपाध्यक्ष लोप्चनले जानकारी दिए ।

ठोरीका युवा सुरेश पाख्रीनको पहलमा स्थापना भएको ठोरी युथ भिजन फाउन्डेसन संस्थाले युवाको सक्रियतामा ठोरीको सकारात्मक परिवर्तनका लागि काम गर्ने लक्ष्य राखेको फाउन्डेसनले जनाएको छ । अभियानका रुपमा सन्चालन हुने संस्थाले ठोरी बाहिर रहेका र ठोरीमै रहेका युवाहरुलाई समेट्ने गरी अगाडि बढ्ने लक्ष्य लिएको उपाध्यक्ष लोप्चनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित