महेश सिंह सिरहा लहान ३१ असार – लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरी लगायत दर्जनौं जन प्रतिनिधिहरुलाई सम्मान गरिएका छन्।नेपाल शिक्षक संघ लहान कार्यसमितिले आयोजना गरेको कार्यक्रममा जन प्रतिनिधिहरुलाई सम्मान गरेका छन्।
शिक्षक संघका लहान नगर अध्यक्ष अरबिन्द्र दासको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरका मेयर महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियोे।
लहान नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको उपस्तिथि रहेको थियो।
प्रमुख अतिथिको आशनबाट बोलदै मेयर महेश चौधरीले भने प्रत्येक दलित बस्तीमा टिउशन कक्षा संचालन गर्ने निर्णय गरेका छन्।लहान नगरपालिका भित्र रहेका समुदाय बिधालयका शिक्षकहरु मध्येबाट स्कुललाई राम्रो गर्न सकियो भने अनुगमन समितिको निर्णय र शिक्षा समितिको निर्णय अनुसार पुरस्कार दिने उनको बताए।
शिक्षक संघका लहान नगर संयोजक अरबिन्द्र दासका अनुसार हामी समाज सुधारको सम्बाहक मात्र होइनन् हामी भनेको सुनको ढिका हो। नैतिकता र ब्यवहार सिकाउने जिम्मेवारी हामी सबै विद्यार्थीहरुको काधमा रहेको उनले जोड दिएका थिए।
अतिथिहरुमा लहान नगरपालिकाका वाडा नम्बर २ का सिया राम यादव,लहान ३ का अध्यक्ष राम दयाल महतो,लहान ५ का अध्यक्ष मोहम्मद करिम,लहान ६ का अध्यक्ष तथा लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम,लहानका ७ अध्यक्ष राम औतार शर्मा,लगायतका अध्यक्षहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन शिक्षक मनोज कुमार यादवले गरेका थिए। कार्यक्रममा सयौं सामुदायिक शिक्षकहरुको सहभागीता रहेको आयोजले जनाए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

