बिनोद निगम / नवलपरासी ,३० असार
पश्चिम नवलपरासीमा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानले रोपाइँ गरेको धान जोगाउन धौधौ परेको छ ।
सिचाइको उचित व्यवस्था नभएको नवलपरासीका किसानलाई खेतमा रोपाईं गरिसकेको धानलाई जोगाउन कठिन भएको छ ।

समयसमयमा पानी नपरेको कारण नवलपरासी जिल्लाको रामग्राम र पाल्हिनन्दन, सरावल , सुनवल , सुस्ता , बर्दघाट नगरपालिका लगायतका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तामा परेका छन् ।

नवलपरासीको रामग्रामका स्थानियहरुले भने सिचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । र यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भइसकेको धानलाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको स्थानीयहरूले बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

