राष्ट्रिय दैनिक / ३० असार
समाजसेवी जन्मेजय यादवले ५१ जना नागरिकलाई निशुल्क तिर्थ यात्रा गराउनु भएको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर निवासी जन्मेजय यादवले अाफ्नाे ब्यक्तिगत लगानीमा भारतकाकाे पिपरहवा , लेहडा तथा रामकाेला लगाएतकाे धार्मिक एव पर्यटकीय स्थलमा यात्रा गराउनु भएको हाे ।
यादवले अाफ्नाे टाेल तथा वडा भित्र रहेका ५१ जना बालबालिका , महिला तथा जेष्ठ नागरिकलाई निशुल्क तिर्थयात्रा गराउनु भएको हाे ।

समाजसेवी यादव यस अघि समाजमा भएका अति बिपन्न तथा पछाडि परिएकाे समुदायलाई अार्थिक रुपमा सहयोग गर्नुको साथै विद्यालयमा निशुल्क फिल्टर वितरण , राहत वितरण ,जेष्ठ नागरिकलाई सम्मान लगाएतकाे कार्य अाफ्नाे ब्यक्तिगत लगानीमा गर्नुभएको छ । साथै गरिब बिपन्नकाे हरेक दुखसुखमा साथ दिई रहनु भएको छ।

वहाँकाे यश कामबाट स्थानिय युवा तथा समाजसेवीले केही सिक्नुपर्ने सन्देश दिइएको छ । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

