खगेन्द्र अबस्थि
कैलाली
कैलाली को घोडाघोडी बहुमुखी क्याम्पसमा अनिश्चित समयकालागी तालाबन्दी खुलेको छ । क्याम्पसमा अध्ययनरत अनेरास्ववियु ( क्रान्तिकारि) अनेरास्ववियु ( अखिल) र अनेरास्ववियुले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका थिए।
क्याम्पसको बसमा असुरक्षित ,असुबिधाजनक भएको भन्दै पटक पटक ज्ञापन पत्र बुझाउदा समेत क्याम्पस प्रशासनले वेवास्था गरेको भन्दै प्रशासनमा ताला लगाएका अंइए।
उक्त क्याम्पसमा अध्यन गर्न भनि (पुर्ब गुलरा देखि पश्चिम् चौमाला) सम्मका बिध्यार्थी आउने गर्छन । धेरै टाढा बाट आउने भएकाले बसको क्षेमता भन्दा धेरै बिध्यार्थी ल्याउने कार्य रोक्न भनि ट्राफिकलाइ पनि ज्ञापन पत्र बुझाइएको थियो । तर पनि बसको क्षेमता भन्दा बढी बिध्यार्थी ल्याउने कार्य रोकिएन । हाम्रो माग पूरा नभएसम्म ताला नखोल्ने भना निर्णय गरेका थिए तर उक्त ज्ञापनपत्रको कुरा क्याम्पसले सुधार गरि अघि बढ्ने भनि लिखित प्रतिबद्धता गरेपछि ताला खोलेको भनि अनेरास्ववियुका इकाई संयोजक अशोक गौतमले जानकारी बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

