बिनोद निगम /नवलपरासी ,२८ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड नं ६ बडसारबाट लागु-औषध सहित ३ जनालाई पक्राउ गरीएको छ ।
बिशेष सुचनाको आधारमा आज मङ्गलबार महेशपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीले सरावल ६ बडसारबाट लागु-औषध उनीहरुलाई पक्राउ गरेको हो । 
बडसारका पारसनाथ गुप्ताको घरमा बरामद गरीएको लागु औषध प्याकिङ गर्दै गरेको अवस्थामा सोही स्थान बस्ने बर्ष १७ का प्रलाद कहाँर, बर्ष १८ का राजन गुप्ता र बर्ष १५ का कृष्ण मोहन सहानीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिरकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान बरामद गरीएको हो । उनीहरु विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी बर्दघाट नगरपालिका वडा नं. ४ टिसियन चोकस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिण तर्फको खाली जमिनमा भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याइ लुकाईछिपाई राखेको अवस्थामा अन्दाजी १ लाख ५४ हजार मुल्य बराबरको २२ वटा जिउँदो खसी–बोका नियन्त्रणमा लिइएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटले उक्त खसी बोका नियन्त्रणमा लिएको हो । उक्त बरामद खसी–बोका आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

