Rashtriya Dainik

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई स्वागत तथा सम्मान

राजन कुमार बानिया
पर्सा २८ असार
नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पर्साको पोखरीयामा भव्य स्वागत तथा सम्मान गरिएको छ । मंगलबार पोखरीया नगरपालिकाका जनप्रतिनिधी , कर्मचारी र स्थानीयहरुले मन्त्री यादवलाई स्वागत तथा सम्मान गरिएको हो ।
पोखरीया नगरपालिकाको कार्यालयमा मेयर प्रधुमन चौहान , उपमेयर रुवी देवी र प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनीयारले मन्त्री यादव लाई फुल माला र गम्छा अोढाएर र माया को चिनो दिएर स्वागत र सम्मान गरेका छन ।स्वागत र सम्मान ग्रहण गर्दै मन्त्री यादवले पर्सावासीको सहयोग र साथले नै आफु मन्त्री बन्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले आफु प्रति पोखरीया र जिल्लावासीले प्रकट गरेको हार्दिकताले आफुलाइ थप जिम्मेवार बनाएको बताए । पोखरीया नगरपालिका सहित समग्र जिल्लाको विकासका लागि आफनो कार्यकालमा दिलोज्यानले काम गर्ने प्रतिबद्धता पनि उनले जनाए । स्वागत तथा सम्मान कार्यक्रम मा वडाअध्यक्ष केदार महतो,रामप्रबेश चौहान ,प्रमेन्द्र कुर्मी,नौसाद अालम, शिक्षा प्रमुख बिजय झा, युवा समाज का युवा नेता सुजित गिरी, राकेश कुमार ,राजकुमार राम ,कर्मचारी र स्थानिय हरु , लगायत को सहभागिता रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित