राजन कुमार बानिया
पर्सा २७ असार
पर्सा को छिपहरमाई गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरु अाफ्नो मांग राखदै ज्ञापनपत्र बुझाएका छन। गाउँपालिकाको गाउँकार्यपालिका समितिको २५ गते बसेको बैठक बाट करार सेवाका कर्मचारी हरुलाई म्यद थप नगर्न निर्णय गरिएको २७ गते सुचना प्रकासित गरि सावन १ गते देखि करार सेवा कर्मचारी हरुको म्याद थप नहुने भएपछी कर्मचारीहरु आज गाउँपालिकामा पुगी आफ्नो मांग गाउँपालिका समितिको बैठकबाट करार सेवाका कर्माचारीहरु म्याद थप नगर्न निर्णय फिर्ता गरि कर्मचारी हरुलाई कामकाज मा लगाउन मांग राखदै करार सेवाका कर्मचारीले गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ,उपाध्यक्ष लिलावती देबी र प्रमुख प्रसाशकिय अधिकृत शम्भु प्रसाद साह, लाई ज्ञापनपत्र बुझाएका छन। कृषि शाखा प्रमुख भुलन कुमार साहको नेतृत्वमा पुगेको टोलीले गाउँपालिकाको सम्बनधित निकाय लाई ज्ञापनपत्र बुझाएका छन । असाढ मसान्त सम्म म्याद रहेको ले अब सावन १ गते देखि म्याद थप नहुने भए कृषि ,पशु, शिक्षा सेवा लगायत नै थप रहने बताए । मांग पूरा नभए छिपहरमाई गाउँपालिकामा कार्यरत करार सेवा कर्मचारीहरुले थप प्रकृया अगाडी बढाउने बताए ।ज्ञापनपत्र बुझाउने टोलीमा अम्बुज अहम्द, मोहन साह,संजिव यादव, प्रकाश गुप्ता,मुकेश चौरसिया ,गोपाल साह,सुनिल वर्मा, रामबहादुर साह,लगायत सयौको संख्यामा टोलि पुगी ज्ञापनपत्र बुझाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

