Rashtriya Dainik

सरावल -२ मा स्थानिय बासिहरुद्वारा तालाबन्दी

महेश यादव

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मा स्थानिय बासिहरुले सोमबार तालाबन्दी गरेका छ्न । कोरोना प्रभावितको राहत वितरणमा वाडले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको अाराेप लगाउदै वडाको सबै सेवा प्रभावित हुनेगरी तालाबन्दी गरिएको आक्रोशित स्थानियबासिहरुले बताएका छ्न ।

काेराेना प्रभावित अनुदानमा गरिबलाई छोडेर सम्पन्न नागरिकको नाम सिफारिस गरेको र एकै घरको दुइजना सम्मको नाम सिफारिस गरि गाउपालिका पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोश जनाएका छ्न ।

वडाले जति पनि नाम सिफारिस गरिएको छ ती सबै नामलाई हेरफेर गरि वास्तविक गरिवलाइ छनौट नगरेसम्म वडामा लगाइएको ताला नखोलिने स्थानियबासिहरुको अडान छ । यस विषयमा सरावल वडा नम्बर -२ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ता सङ्ग बुझ्न खोज्दा उहाले आफू कार्यवाहकमा आएको दुई दिन मात्र भएको र यस विषयमा आफुलाइ खासै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष सम्भु प्रसाद चाैधरीसंग साे विषयमा बुझ्दा अाफुहरुले काखापाखा नगरिकन वास्तविक पिडितकाे नाम वडाबाट सिफारिस गरेको र केही नाम पालिकाबाट फेरबदल भएको प्रतिक्रिया दिनुभएको छ । सरावल गाउँपालिकाको वडा नम्बर २ मा १ सय ३ जनाको नाम सिफारीस काेभिड अनुदानको लागि पालिकामा नामावलि पठाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित