Rashtriya Dainik

छिपहरमाई गा.पाको करार सेवा कर्मचारीहरुलाई हटाईयो।

राजन कुमार बानिया
पर्सा २७ असार
पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करारका कर्मचारी हटाएको छ। गाउँपालिकाको गाउँकार्यपालिका समितिको २५ गते बसेको बैठकबाट करार कर्मचारीहरुलाई म्यद थप नगर्न निर्णय गरिएको छ। अाज एक सुचना प्रकासित गरि सावन १ गते देखि करार सेवा कर्मचारी हरुको म्याद थप नहुने गाउँपालिका निमित प्रमुख प्रसाशकिय अधिकृत शम्भु प्रसाद साहले बताए । असाढ मसान्त सम्म म्याद रहेकोले अब सावन १ गते देखि म्याद थप नहुने बताए ।गाउँपालिका १३६ जना मध्य केही कर्मचारी हरु रहने र सय वटा कर्मचारी हरुको म्याद थप सावण १ गते देखि नहुने बताए । सुचना प्रकासित गरि कुन कुन शाखाको करार सेवाका कर्मचारी हरुलाई हटाएको र कस कसलाई राखिएकोमा सुनचामा उलेख गरिएको छ। करार सेवाको कर्मचारी हरुलाई हटाएको खबर सुनेर गाउँपालिकामा हडकम्प मचेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित