Rashtriya Dainik

पश्चिम नवलपरासीमा खानेपानी तथा सरसफाई सम्बन्धी अन्तरक्रिया सम्पन्न

रामु भुसाल,
पश्चिम नवलपरासी को बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट ४ बर्दघाटको आयोजनामा वडा भित्रका टोल विकास सस्थाका पदाधिकारीहरु संग खानेपानी र सरसफाई सम्बन्धी अन्र्तकृया तथा बधाई कार्यक्रम सस्थाको सभाहलमा सम्पन्न भएको छ । सस्थका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षमा सम्पन्न कार्यक्रममा बर्दघाट खानेपानीले गरेका क्रियाकलाप र टोलमा रहेका समस्याका बारेमा अन्र्तकृयाका साथै सुझाव संकलन गरिएको थियो । सो अवसरमा टोल विकास सस्थाका पदाधिकरीहरुले बर्दघाट खानेपानीले खानेपानीलाई मात्र नभई सरसफाईको पाटोमा समेत काम गर्नुपर्ने र खानेपानीको श्रोत रहेको जंगलको रिजर्भ ट्यांकीको नजिकै डम्पिङ साइड हुदा खानेपानीलाई असर गर्ने भएकाले सो समस्या समाधान गर्नका लागी सरोकारवालालाई झकझकाउनुपर्ने सुझाव दिएका थिए । सोही अवसरमा बोल्दै सस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितीका सम्योजक दिपक लम्सालले खानेपानीको सुरक्षाको सन्दर्भमा सुरक्षा समितिको योजना र गरेका कामका बारेमा प्राकश पार्नुभएको थियो भने सस्थाका ब्यवस्थापक विष्नु भुसालले सस्थाको प्रशासनिक गतिविधिका बारेमा प्रकाश पार्दै जन समुदाय बाटै जनसमुदायकै सहयोगबाट सस्था नेपालकै उत्कृष्ट सस्था हुन सफल भएको हुदा खानेपानीको चुहावट र अन्य गतिविधिमा टोल विकास सस्थाका पदाधिकारीहरुले ध्यान दिएमा अझै राम्रो कार्य गर्न सकिने बताउनुभयो । कार्यक्रममा सस्थाका अध्यक्ष बस्यालले खानेपानी जस्तो सम्बेदनशिल क्षेत्रमा कसैको पनि लापरवाही हुन नहुने बताउदै आफ्नो कार्यकालमा वार्ड भित्रका सम्पुर्ण घरधुरीमा एक घर एक धाराको अभियानलाई तिब्रता दिएको र सबै संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उक्त अवसरमा रेडियो दाउन्नेका पत्रकार रामु् भुसालले खानेपानी सरसफाई र अन्य जनचासोको क्षेत्रमा सामुदायिक रेडियो लगाएत विभिन्न सञ्चारमाध्यमले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा समेत समाजमा सचेतना फैलाउन सञ्चारमाध्यम प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा बर्दघाट वडा नम्बर ४ भित्रका टोल विकास सस्थाका नवगठित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा सस्थाका पदाधिकारी, खानेपानी सुरक्षा समितिका पदाधिकारी, टोल विकास सस्थाका पदाधिकारी, सस्थका कर्मचारी, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । सस्थाकी कोषाध्यक्ष थुमा बस्यालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव धन बादुर गुरुंगले गर्नुभएको थियो ।
यसैबीच, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेश स्तरीय तालीममा सहभागिहरुले बर्दघाटको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजनाका वारेमा अध्ययन अवलोकन गरेका छन् । प्रदेश भरका स्वास्थ्य क्षेत्रका ल्याब टेक्निसियनहरुलाई केन्द्रित गरेर बुटवलमा आयोजना गरीएको ३ दिवसीय तालीममा दोस्रो दिन फिल्ड अनुगमन सहितको कार्यक्रम अन्तर्गत बर्दघाट खानेपानीलाई आफ्नो रोजाईमा पारेर लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले सहभागि लिएर नवलपरासी आएको थियो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खिमलाल पाण्डेको नेतृत्वमा आएको उक्त टोलीमा खानेपानी सुरक्षा योजनाका प्रशिक्षक सुमन सापकोटा, निम प्रसाद गिरी, खुम प्रसाद खनाल लगाएत विभिन्न स्वास्थ्य कार्यालय, प्रदेशका अस्पतालहरु र पालिकाहरुवाट तालिम मा सहभागिहरुले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजनाको अध्ययन अवलोकन गर्न आएका हुन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत आउनु भएका सबैलाई बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति, लेखा समितिका सदस्यहरु सहित पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।सो अबसर मा स्वस्थ कर्मिले पानी को स्थलगत ल्याब टेस्ट समेत गरेका थिय।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित