संजय कुशवाहा / नवलपरासी २६ असार
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ टिसियन चोक स्थितबाट १४ लाख ११ हजार १ सय ४० मुल्य बराबरको अवैध चिनी तथा कपडा प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ना ६ ख २३८८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध रुपमा ल्याउदै गरेको ४१८ बोरामा २० हजार ८ सय ९४ किलो चिनी फेला परेपछि प्रहरीले ट्रक सहित नियन्त्रणमा लिईएको हो । उक्त बरामद चिनीको अन्दाजी मुल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही स्थानमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख २०१५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा बरामद गरी बसलाई गन्तव्य तर्फ पठाईएको छ भने बरामद कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

