Rashtriya Dainik

बलान बिहुलका अध्यक्ष यादवद्वारा पौस्टिक खाध्यान वितरण

महेश सिंह सिरहा लहान २६ असार – सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवले पालिका भित्र रहेका सुत्केरी र गर्भवती महिलाहरुलाई पोषण स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाइ पौस्टिक खाध्य पदार्थ बितरण गरेका छन्।

गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु कुपोषणबाट मुक्त र कुपोषणको सिकार बन्न नदिन पालिका अध्यक्ष यादवले मद्य्य नजर गर्दै गर्भवती महिलाहरुलाई पौस्टिक खाध्य सामग्री सहयोग गरिएका छन्।

गर्भवती महिलाहरुलाई पौस्टिक आहारको कमिले गर्दा जन्मिएको बच्चाहरु कुपोषण हुन् जान्छ। जन्मिने बच्चाहरुलाई कुपोषण बाट बच्चनलाई गर्भवती आमालाई नै पौष्टिक आहार पालिकाले खुवाउनलाई सुझाब सहित पौस्टिक खाध्य सामग्री वितरण गरिएको हो।
पालिका अध्यक्ष यादवले स्वास्थ शिक्षा, कृषिमा निकै जोड दिएका स्थानीयहरुले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित